पोखरामा रास्वपाको प्रदर्शन: रविका स्वकीय सचिवसहित ११ जना पक्राउ
पाेखरा | कात्तिक २०, २०८१
पोखरा: रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको रिहाइको माग गर्दै गरिएको प्रदर्शनमा झडप भएको छ ।
रविका समर्थकहरु निषेधित क्षेत्र नजिक पुग्न खोजेपछि कास्की प्रहरीले २ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।
त्यसपछि भीड झन आक्रोशित बनेको थियो ।
त्यही क्रममा कास्की प्रहरीले लामिछानेका स्वकीय सचिव अविनाश आचार्यसहित ११ जनालाई पक्राउ गरिएको रास्वपाका केन्दीय विभाग सदस्य उत्तम पौडेलले जानकारी दिए ।
उनका अनुसार अहिले शान्तिपूर्ण तरिकाले नाराबाजी भइरहेको छ ।
पक्राउ परेकाहरुलाई विनाशर्त रिहाइको माग गर्दै उनले राजनीतिक प्रतिशोध साँध्दै सरकार उधो गतिमा लागेको टिप्पणी गरे । पक्राउ परेकाहरुलाई अहिले वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।
आज लामिछानेलाई कास्की जिल्ला अदालत पेश गरिने भएपछि रास्वपाले विरोध कार्यक्रमको तयारी गरेको थियो । सोही अनुरुप अहिले पनि वाइचोकमा विरोध प्रदर्शन भइरहेको छ ।
थप तस्बिरहरु:-












पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

